Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

    फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढाएको छ । आजै रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ५ रुपैयाँ बढाइएको हो ।

    पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।



    बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ ।



    भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार