Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महिला च्याम्पियनसिप : नेपाल भारतसँग फेरि पराजित

    महिला च्याम्पियनसिप : नेपाल भारतसँग फेरि पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि हारेको छ ।

    पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो ।



    सोमबार बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गरेको हो । भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे ।



    नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि बङ्ग्लादेशसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार