Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

    ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । ताइवानको ताइतुङ काउन्टीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

    बुधबार बिहान १ः४१ मा भूकम्प गएको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी)ले जनाएको छ ।



    २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।



    ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।

    हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ ।भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार