Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १ बर्ष पछि पक्राउ

    जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १ बर्ष पछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त अर्जुन आचार्य भन्ने चुडामणी आचार्य पक्राउ परेका छन् ।

    सुनसरी प्रकाशपुर गा.वि.स.वडा नं–१ घर भई हाल बराह न.पा.वडा नं. १० बस्ने ३६ वर्षीय आचार्यलाई ईनरुवा सुनसरीबाट पक्राउ गरिएको हो ।



    आचार्यले २०५७ सालमा पिडितलाई बिबाह गर्ने भनि ललाई फकाई ईच्छा विपरित जबरजस्ती करणी गरेका थिए ।



    करणी कसुरमा उच्च अदालत पाटनले २०७७ सालमा सात वर्ष कैद फैसला सुनाएपछि फरार रहेका आचार्यलाई आज पक्राउ गरि जिल्ला अदालत सुनसरीमा पठाईएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआईबी)ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार