Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ पुरस्कार

    महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ पुरस्कार

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशिको ‘भवन प्राइज’ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

    नेपालको विकासमा आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्तरुपमा एक करोड रुपैयाँको ‘भवन किर्ती रत्न‘ पुरस्कार प्रदान गरिएको हो ।



    बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले शनिबार १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।



    हरेक दुइ दुई वर्षमा प्रदान गरिने ‘भवन किर्ती रत्न‘ पुरस्कार गैर आवासीय नेपाली संघको १०औं सम्मेलनका अवसरमा प्रथम पटक प्रदान गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार