Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मधेसको मान्छे हुँ

    देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

    देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन् ।

    अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उनले बताए । कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गरे ।



    ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर वा रुमल्लिएर रहनु भएको होला, उनले भने, ती पार्टीहरू काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र देश बनाउने महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’



    अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरूले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाएको आरोपसमेत लगाए । तर आफू मधेसको मान्छे भएको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार