Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमालेमा प्रवेश गरेका डल्लाकोटी २४ घण्टामै माओवादीमा फर्किए

    एमालेमा प्रवेश गरेका डल्लाकोटी २४ घण्टामै माओवादीमा फर्किए

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी माओवादी केन्द्रमा फर्किएका छन् ।

    सोमबार एमालेमा प्रवेश गरेका डल्लाकोटी २४ घण्टामै माओवादी केन्द्रमा फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गरे ।



    २०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको उनले बताए ।



    नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशका सदस्यसमेत रहेका डल्लाकोटीले आत्मालोचनासहित अब फेरि माओवादीमै क्रियाशिल हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार