Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने तयारी भएको शिक्षामन्त्रीको भनाई

    सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने तयारी भएको शिक्षामन्त्रीको भनाई

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 726
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको बताएका छन् ।

    उनले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिएका हुन् ।



    नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिक रुपमा करिव १ खर्ब ९७ अर्व खर्च गरेको देखेपछि त्यसको समिक्षा गरेर सरकारले नेपालमै सो शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरूको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको बताए ।



    तर सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाइ छ ।

    मन्त्री पौडेलले सिटिईभिटीलाई पनि सबै स्थानीय तहसम्म पुर्याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार