Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अटोमेटिक पेस्तोलसहित दुई युवक पक्राउ , के योजना बनाउँदै थिए ?

    अटोमेटिक पेस्तोलसहित दुई युवक पक्राउ , के योजना बनाउँदै थिए ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जनकपुर । जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका(९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिक-४ बस्ने ३० बर्षीय इन्द्रेश कुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका-१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको प्रहरीले जनाएको छ।

    हातहतियार बोकी ज ७ प ७९३२ नम्बरको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।



    पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार