Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारत र चीनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले निकाल्याे सूचना

    भारत र चीनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले निकाल्याे सूचना

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।

    भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।



    मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बिहीबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् ।



    कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउनु मन्त्रालयले आग्रह गरेको छ ।

    जारी विज्ञप्ति

    कोभिड–१९ संक्रमणको जोखिमपूर्ण अवस्थाबाट हामी गुज्रीरहेको सर्वविदितै छ। संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै छ। कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिदै यस विरुद्दको खोप अभियान संचालन गरिरहेको छ। कोभिड–१९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमनै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका वढाउन संवेदनशील भई जिम्मेवार वनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछ। साथै कोभिड–१९ विरुद्दको पूर्ण मात्रा खोप लगाउनुहुने, खोप लगाउन प्रेरित गर्नुहुने र जारी खोप अभियानमा निरन्तर साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै खोप लगाउन वाँकि सवैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्दको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पुरा भए पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार