Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पल शाह प्रकरण : बिहीबार थुनछेक बहस नै भएन

    पल शाह प्रकरण : बिहीबार थुनछेक बहस नै भएन

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन ।

    उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ ।



    थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध शाह रिट लिएर उच्च अदालत पोखरा पुगेका थिए ।



    सरकारी वकिलले पल शाहका मतियारका रूपमा मुद्दा चलाइएको कृष्ण जोशीलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै पुनरावेदनको निवेदन लगेपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।

    एकसाता अघि मात्रै सरकारी वकिल मतियार मानिएका कृष्ण जोशीलाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निवेदन लिएर उच्च अदालत पुगेको थियो । जिल्ला अदालत तनहुँले जोशीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

    कृष्ण जोशीको हकमा पनि सरकार पुनरावेदनको निवेदन लिएर उच्च अदालत गएपछि अब ती सबै मुद्दालाई लगाउमा राखी एकै स्थानमा सुनुवाइ गर्ने आदेश भएको हो । अब यी सबै मुद्दालाई लगाउमै राखी थुनछेक आदेशका सम्बन्धमा सुनुवाइ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार