Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लामालाई एआईजीमा बढुवा गर्न सिफारिस

    लामालाई एआईजीमा बढुवा गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।



    निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचले अवकाश पाएपछि नेपाल प्रहरीमा एआईजीका पाँच वटा दरबन्दी खाली थियो ।



    रिक्त दरबन्दीमध्ये एउटामा मन्त्रालयले लामालाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण ८ जेठमा अवकाश पाउनेछन् ।

    क्षेत्रीसँगै एआईजीहरु हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्त पन्तले अवकाश पाएपछि चारवटा एआईजीको दरबन्दी खाली थियो । धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि थप एक एआईजीको दरबन्दी रिक्त भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार