Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शान्तिपुर मतदान केन्द्रबाट प्रचण्ड र मेयर उम्मेदवार रेनुले गरे मतदान

    शान्तिपुर मतदान केन्द्रबाट प्रचण्ड र मेयर उम्मेदवार रेनुले गरे मतदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

    भरतपुर महानगरपालिका–१४ शिव नगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।



    गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेनु दाहालले पनि भरतपुर महानगरपालिका—१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी छन् ।



    आज ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

    बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार