Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत निर्वाचित

    काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् ।

    निवर्तमान मेयरसमेत रहेका बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन् ।



    उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले ८ हजार ३६८ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २४६९ मत पाएका छन्।



    उपमेयरमा भने नेकपा एमालेकी सुशीला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी राप्रपाकी कल्पना नेपालीले २ हजार ७५३ मत ल्याइन्।

    उपमेयरमा एकीकृत समाजवादीका कृष्ण हरि खत्रीले २ हजार १२६ र माओवादी केन्द्रका प्रताप दानीले १ हजार ६५६ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार