Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जर्मनीमा विद्यार्थी बोकेको रेल दुर्घटना हुदा चार जनाको मृत्यु

    जर्मनीमा विद्यार्थी बोकेको रेल दुर्घटना हुदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 975
    SHARES

    एजेन्सी। जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

    धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् ।



    घाइतेमध्ये अधिकांश गम्भीर रहेको बताइन्छ । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार