Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंमा थुप्रिएको फोहोर तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न एमाले सांसद श्रेष्ठको माग

    काठमाडौंमा थुप्रिएको फोहोर तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न एमाले सांसद श्रेष्ठको माग

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 693
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।

    काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।



    आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै श्रेष्ठले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे ।



    अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार