Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मेलम्चीको पानीको ठाउँमा अर्को तीन विकल्प !

    मेलम्चीको पानीको ठाउँमा अर्को तीन विकल्प !

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 771
    SHARES

    काठमाडौं । बर्खा लागेसँगै काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको छ ।

    पानी आउन बन्द भएपछि सरकारले मेलम्चीको पानीको ठाउँमा अर्को तीन विकल्प रोजेको छ ।



    मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले तीन विकल्पमा छलफल भइरहेको जानकारी दिए ।



    मन्त्री चौधरीका अनुसार सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ ।

    प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले भने ‘मेलम्ची खानेपानी योजनाको विकल्प र पूरकको रुपमा मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार