Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मन्त्री आलेकोे प्रष्टिकरण :सलमान खान सहभागी हुने भनिएको कार्यक्रम प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो

    मन्त्री आलेकोे प्रष्टिकरण :सलमान खान सहभागी हुने भनिएको कार्यक्रम प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताएका छन् ।

    संसदमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे प्रष्टिकरण दिदै निजी क्षेत्रले आयोजना गर्न लागेको बताएका हुन् ।



    ‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो,’ उनले भने, ‘प्राइभेट सेक्टरले बढी से बढी पर्यटक भित्र्याउन मन्त्रालय सँग सहकार्य गरेकाले हामीले सहजीकरण मात्र गरेका हौं ।’ ‘मैले के सुनेँ भने सलमान खान तथा उहाँसँग आउने कलाकारको मुद्दा अदालतमा विचाराधीन रहेको र देश बाहिर जान नपाउने अदालतको आदेशका कारण सो कार्यक्रममा ढिला भएको छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार