Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेती नदीमा खसेर युवतीको मृत्यु

    सेती नदीमा खसेर युवतीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 2.4K
    SHARES

    डोटी । सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ ।

    आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकारीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।



    बिहिबार बिहान आदर्श–६ गिरीचौकाको बबिनादेखि बैतडीको सिगास गाउँपालिका–७ साङडामा रोपाईँका लागि जाँदै उनी साँघुबाट खसेको स्थानीय गणेश खडायतले बताए।



    गत कात्तिकमा परेको अबिरल वर्षाका कारण गिरीचौका र बबिना जोड्ने झोलुङ्गे पुल बगाएको थियो। त्यसपछि स्थानीय सोही साँघुबाट ओहोर–दोहोर गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार