Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आर्थिक लाभका लागि मन्त्री आलेको चलाखी : भतिजालाई तारागाउँमा भर्ती

    आर्थिक लाभका लागि मन्त्री आलेको चलाखी : भतिजालाई तारागाउँमा भर्ती

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्।

    आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका व्यक्तिबाट ‘आर्थिक लाभ’ हुने छाँटकाँट नदेखेपछि उनले पार्टी नेतृत्वलाई झुक्याउँदै सदस्य सचिव पदमा भतिजा पर्ने महेन्द्रबहादुर थापालाई नियुक्ति दिलाएका हुन्।



    गत मंसिर २८ गते तत्कालीन सदस्य सचिव झविन्द्र ज्ञवालीले अध्यक्ष प्रह्लाद न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। त्यसपछि रिक्त सो पदबाट ‘आर्थिक लाभ’ उठाउने चाहना मन्त्री आलेमा पलाएको स्रोतको दाबी छ। उनको सो चाहनामा नेकपा एस नेतृत्व बाधक बन्ने छाँटकाँट देखियो।



    ‘पार्टी (नेकपा एस) नेतृत्वले अघिल्लो कार्यकालमा सदस्य सचिव भएर राम्रो काम गरेको भन्दै नारद लुइँटेललाई सिफारिस गरेको थियो,’ स्रोतले भन्यो, ‘तर लुइँटेललाई सो पदमा ल्याउने चाहना मन्त्रीज्यूको थिएन।’ अघिल्लो कार्यकालमा लुइँटेलले तारागाउँमा रहेको हायात रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी जग्गाको विवरण सार्वजनिक गरेर प्रशंसा कमाएका थिए। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार