Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिरहाबाट ठूलो मात्रामा लागूऔषध बरामद, २ भारतीय सहित तीन जना पक्राउ

    सिरहाबाट ठूलो मात्रामा लागूऔषध बरामद, २ भारतीय सहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 669
    SHARES

    सिरहा । सिरहाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

    आइतबार राति डिएसपीको कमाण्डमा खटेको प्रहरी टोलीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई लहान ५ बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने दयाराम ठाकुरको छोरा १८ वर्षीय गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    आइतवार राति ११ बजे ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका वडा नम्वर ८ स्थितमा मो. अफजतले संचालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

    प्रहरीले पसल र घरबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार