Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • द्वन्द्वग्रस्त युक्रेनबाट ११ महिनामा २० अर्बको वस्तु आयात

    द्वन्द्वग्रस्त युक्रेनबाट ११ महिनामा २० अर्बको वस्तु आयात

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 732
    SHARES

    काठमाडौं– चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको ब्यापार स्थितिअनुसार डेढ सयभन्दा बढी देशहरुबाट नेपालमा विभिन्न थरीका वस्तु आयात भएको छ ।



    ११ महिनाको अवधिमा स्वदेशी वस्तु निर्यात गरेर मुलुकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मुद्रा आर्जन गरेको छ । समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ ।



    हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो ।

    युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार