Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ७५ अंकले उकालो लाग्यो नेप्से, डेढ महिनापछिकै उच्च कारोबार

    ७५ अंकले उकालो लाग्यो नेप्से, डेढ महिनापछिकै उच्च कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं ।  बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।

    नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक करिब ७५ अंकले बढेको छ ।



    आज नेप्से परिसुचक ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा पुगेको छ । आज नेप्से ३.८२ प्रतिशतले बढेको हो ।



    नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।

    शेयरबजार बढेसँगै आज कारोबार समेत बढ्न पुगेको छ । २ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

    बढेको शेयर बजारमा ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स,मैलुङ खोला र न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै,आँधीखोला लघुवित्त,सिवाईसी लघुवित्त र सुर्यादय वामी लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार