Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट २६७.४ ग्राम सुनसहित तुलाधर पक्राउ

    त्रिभुवन विमानस्थलबाट २६७.४ ग्राम सुनसहित तुलाधर पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 906
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना यात्रु सुनसहित पक्राउ परेका छन् । शुक्रबार बेलुका नेपाल एयरलाइन्समार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरलाई २६७.४ ग्राम सुनसहित पक्राउ गरिएको हो ।

    तुलाधरले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।



    भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्रपट्टि शंकास्पद धातु रहेको पाएपश्चात खोल्दा भित्री भागमा सुन भेटिएको हो ।



    करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्बन पेपरले र्‍यापिङ गरी अड्काएर ल्याएको थियो । शुक्रबार राती नै उनलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार