Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रहेनन् जर्मनीका महान फुटबलर उवे सिलर

    रहेनन् जर्मनीका महान फुटबलर उवे सिलर

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 756
    SHARES

    एजेन्सी । जर्मनीका लेजेण्ड फुटबलर उवे सिलरको निधन भएको छ । जर्मनीका पूर्वस्ट्राइकर तथा कप्तान सिलरको ८५ वर्षको उमेरमा निधन भएको हो ।

    तत्कालिन वेस्ट जर्मनीबाट चार विश्वकप खेलेका सिलर विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिन्छन् । उनी ४ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत हुन् ।



    सीलरले १९५४–१९७० को बीचमा पश्चिम जर्मनीका लागि कुल ७२ खेल खेल्दै ३३ गोल गरे।



    तर, कहिल्यै विश्वकप जित्न सकेनन् । क्लब फुटबल हामबर्गबाट मात्र खेलेका उनले ५८० खेलमा ४९० गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार