Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

    थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।



    बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन् ।

    हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार