Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ३० हजार घुससहित राजस्व कार्यालयकी अधिकृत विन्दु रंगेहात पक्राउ

    ३० हजार घुससहित राजस्व कार्यालयकी अधिकृत विन्दु रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुस रकमसहित पक्राउ परेकी छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई बुधबार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।



    कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले श्रेष्ठ प्रधानलाई रंगेहात पक्राउ गरेको हो ।



    यसअघि मंगलबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई साढे २२ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार