Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

    आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 858
    SHARES

    तेह्रथुम । फलामको मुस्ली प्रहार गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङका २४ वर्षीय टंक बहादुर भण्डारी रहेका छन् ।



    उनले हिजो बिहान बाबु ५३ वर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी विवाद हुँदा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि शक्त घाइते बनाई भागी फरार भएका थिए ।



    घाइते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै मृत्यु भएको थियो।

    वारदात पश्चात फरार रहेका टंकलाई प्रहरीले तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार