Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चीन-ताइवान तनाव : ताइवाननजिकै चीनले सुरु गर्‍यो सैन्य अभ्यास

    चीन-ताइवान तनाव : ताइवाननजिकै चीनले सुरु गर्‍यो सैन्य अभ्यास

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनले ताइवाननजिकै आफ्नो सैन्य अभ्यास सुरु गरेको छ । आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्।

    त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको हो ।



    बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्वीटरमार्फत सैन्य अभ्यास सुरु गरेको जानकारी दिएका हुन् ।



    उनले लेखेका छन्, ‘पीएलएले ताइवाननजिकै एक संयुक्त सैन्य अभ्यास सुरु गरेको हो। चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ।’

    समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ।
    ताइवानले चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार