Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 897
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार मात्रै थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ७११ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।



    निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै डडेल्धुरा अस्पतालमा २ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ ।



    भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार