Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विद्यार्थी बेहोस हुन थालेपछि बझाङमा एक सातालाई विद्यालय बन्द

    विद्यार्थी बेहोस हुन थालेपछि बझाङमा एक सातालाई विद्यालय बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.2K
    SHARES

    बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

    आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयले जनाएको छ ।



    विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो ।



    उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए । चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार