Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रियल म्याड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

    रियल म्याड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 921
    SHARES

    एजेन्सी । युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ ।

    रियलले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले हराउँदै यस सिजनको यूईएफए सुपर कपको उपाधि हात पारेको हो ।



    रियल म्याड्रिडको जितमा डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे। खेलको ३७ औं मिनेटमा अलाबाको गोलमा रियलले सुरुआती अग्रता लिएको थियो।



    पहिलो हाफसम्म १-० ले अगाडि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६५ औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे।

    योसँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार