Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

    ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 717
    SHARES

    एजेन्सी । चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ ।

    अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो ।



    ताइवान आसपासमा भएको सैन्य अभ्यासका क्रममा विभिन्न मिसनलाई सफलतापूर्वक पूरा गरेको र सेनाको संयुक्त युद्ध क्षमताको प्रभावकारी परीक्षण समेत भएको चीनले जनाएको छ ।



    यसैबीच, चीनले ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने बताएको छ ।

    बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले श्वेतपत्र निकालेर चीनको पुनःएकीकरण प्रक्रिया कसैगरी नरोकिने दाबी गरेको छ । बेइजिङले ताइवान एकीकरण गरी छाड्ने दृढसङ्कल्प व्यक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार