Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कैलालीमा क्यासिनोसहित पाँच तारे होटल खुल्दै, कांग्रेस नेता कोइरालाले गरे शिलान्यास

    कैलालीमा क्यासिनोसहित पाँच तारे होटल खुल्दै, कांग्रेस नेता कोइरालाले गरे शिलान्यास

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 990
    SHARES

    कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ को हरैयामा सुदूरपश्चिमकै पहिलो पाँच तारे होटल सञ्चालनमा आउने भएको छ ।

    शनिबार नेता डा.शशांक कोइरालाले एक कार्यक्रमकाबीच ‘आईडिया होटल एण्ड क्यासिनो’ को शिलान्यास गरेका हुन् ।



    आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले दुई हजार जना अटाउने सेमिनार हल, १५ सय जना अटाउने क्यासिनो हल लगायतका संरचना निर्माण गरिने जानकारी दिए । उनका अनुसार होटलमा १५० वटा अतिथि कोठा पनि बनाइनेछ ।



    होटल करीब २ विघा जग्गाको क्षेत्रफलमा निर्माण हुनेछ । आइडिया ग्रुपको नाममा हरैयामा २३ विघा जग्गा रहेकोमा बाँकी क्षेत्रलाई आइडिया सिटीका रुपमा प्रयोग गरिने श्रेष्ठ बताउँछन् । सो होटल निर्माणमा करीब २ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार