Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ताइवानले गर्‍यो अत्याधुनिक लडाकु जेट प्रदर्शन

    ताइवानले गर्‍यो अत्याधुनिक लडाकु जेट प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 594
    SHARES

    एजेन्सी । ताइवानले आफ्नो सबैभन्दा उन्नत लडाकु जेट प्रदर्शन गरेको छ ।

    चीनले ताइपेइको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइलयुक्त एफ–१६ भी प्रदर्शन गरेको हो ।



    अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान स्ट्रेटमा हवाई र समुद्री अभ्यास गरेको थियो । ताइपेईले चीनको आक्रमणको प्रतिरक्षा गर्न आफ्नै अभ्यास गरेको छ ।



    बुधबार वायुसेनाका कर्मचारीहरूले पूर्वी हुवालिन काउन्टीको एयरबेसमा ‘लडाइँको तयारी’ अभ्यासमा अमेरिकामा निर्मित एन्टी–सिप मिसाइलको साथ एफ–१६ भी लडाकु विमान प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार