Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जबरजस्ती करणी मुद्दाका फरार भण्डारी सल्लाघारीबाट पक्राउ

    जबरजस्ती करणी मुद्दाका फरार भण्डारी सल्लाघारीबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 627
    SHARES

    काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन् ।



    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि निल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार