Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गगन थापा भन्छन् – राष्ट्रपतिले उठाएको विषय संसदको सम्पत्तिको रुपमा रहन्छ

    गगन थापा भन्छन् – राष्ट्रपतिले उठाएको विषय संसदको सम्पत्तिको रुपमा रहन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 765
    SHARES

    काठमाडौं । सांसद गगन थापाले नागरिकता विधेयक पारित गरेर अघि बढ्नुपर्ने बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृतको सन्दर्भमा साझा धारणा बनाउन ठिक भएको बताए ।

    उनले भने, ‘यो विधेयक पारीत गरेनौं भनेपनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा एउटा व्यवस्था त छ। २०६३ सालको व्यवस्था छ। २०६३ सालको ऐन कसले बनाएको अन्तरिम संसदले। अन्तर‍िम संसदले पनि त्यो ऐन त्यसै बनाएको होइन। त्यो सारेको हो। कहाँबाट सारेको? २०४९ सालको ऐनबाट सारेको। त्यो ऐन कसले बनाएको, गिरिजाप्रसाद, मनमोहन सबैले। २०४९ को ऐन पनि त्यसै बनाएको होइन। त्योपनि सारेको। २०३८ सालमा राजा वीरेन्द्रले बनाउनुभएको ऐनबाट सारेको। त्यसैले वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा वितेको ४० वर्षदेखि एउटा व्यवस्था छ। जसको आधारमा ४ लाख ४० हजार विदेशी महिलाहरुले नेपाली पुरुषहरुसँग विवाह गरेर नागरिकता लिएका छन्।’



    थापाले अहिले नागरिकता विधेयक रोक्ने हो भने नेपाली बावु तथा आमाबाट जन्मेको सन्तान र आमाका नामबाट नागरिकता पाउनबाट वञ्चित हुने भएकाले रोक्न नहुने दाबी गरे।



    उनले वैवाहिक अंगीकृतको हकमा विधेयकले कुनै पनि व्यवस्था नगरेको तर बहस भने त्यसतर्फ मात्र भएको भन्दै उनले यो बहस पनि गलत भइरहेको बताए। राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचार गरियोस् भनेर पठाएको बुँदाहरु राम्रो भएको तर त्यसमा धेरै छलफल र संविधान नै संशोधन गर्नुपर्ने देखिएको उनको भनाइ छ।

    उनले राष्ट्रपतिले सबै कुरा समेट्नुपर्ने कुरा उठाएको भन्दै आमाको आत्मसम्मानको कुरा उठाउनु सकारात्मक भएको बताए। उनले राष्ट्रपतिले उठाएका केही कुराका लागि संविधान नै संशोधन गर्नुपर्ने देखिएको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार