Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गिरिको विचारलाई अनुसरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा

    गिरिको विचारलाई अनुसरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।

    स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका उनले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रूपमा स्थापित भएका र उनको विचारलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिएका हुन् ।



    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताए। “प्रजातान्त्रिक शक्ति र वामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मसात् गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो,”– उनले भने ।



    नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ । गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुगेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार