Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कमल थापा भन्छन् – काठमाडौंलाई स्वच्छ बनाउने बालेनको प्रयास प्रशंसनीय

    कमल थापा भन्छन् – काठमाडौंलाई स्वच्छ बनाउने बालेनको प्रयास प्रशंसनीय

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानी काठमाडौंलाई सुन्दर र स्वच्छ बनाउने मेयर बालेन साहको प्रयास प्रशंसनीय रहेको बताएकाम छन् ।

    मेयर बिहीबार बिहान सामाजिक सञ्जालमार्फत थापाले स्ट्याटस लेख्दै बालेनको प्रयासमा सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।



    ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेनको प्रयास प्रशंसनीय छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौँ ।’



    काठमाडौं महानगरपालिकाले पछिल्लो समय नक्सा पास नगरी अवैध रूपमा बनाइएका संरचना हटाउन थालेको छ । बुधबार बिहान मेयर बालेनसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलगायतको टोली डोजरसहित काठमाडौं मल पुगेर अवैध रूपमा बनाइएका संरचना भत्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार