Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हलहरुले स्वदेशी चलचित्रलाई पक्षपात गरे, प्रोजेक्टर लगाएर ‘प्रकाश’ देखाउछौं : प्रदीप खड्का

    हलहरुले स्वदेशी चलचित्रलाई पक्षपात गरे, प्रोजेक्टर लगाएर ‘प्रकाश’ देखाउछौं : प्रदीप खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 930
    SHARES

    काठमाडौं ।अभिनेता प्रदीप खड्काले फिल्म हलले ‘प्रकाश’ लाई उपयुक्त शो उपलब्ध नगराए काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने बताए ।

    फिल्मका लागि हलले राम्रो शो उपलब्ध नगराएको बिषयमा निर्माण युनिटले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदीप हल विरुद्ध निकै आक्रमक प्रस्तुत भएका हुन् ।



    आफ्नो घर ललितपुर भएको समेत बताएका उनले ३ बजेपछि फिल्म हेर्न चाहनेलाई शोको कारण प्लेन चढाएर विर्तामोड पठाउनुपर्ने बाध्यता बनाएको उनले सुनाए । फिल्म हेर्न जाँदा शो नै छैन भनेर हलले दर्शक फर्काएका उनको भनाई छ ।



    शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मलाई मल्टिप्लेक्सले  थोरै शो दिएर बलिउड फिल्म ‘लाइगर’ लाई भने उच्च शो दिएको छ । सोही कारण फिल्म युनिटले आकस्मिक पत्रकार सम्मेलन गर्दै हल सञ्चालकविरुद्ध आगो ओकलेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार