Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • टी-२० विश्वकप ट्रफी : आज सगरमाथा आधार शिविर पुर्‍याइँदै

    टी-२० विश्वकप ट्रफी : आज सगरमाथा आधार शिविर पुर्‍याइँदै

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 894
    SHARES

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको ट्रफी मंगलबारबाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ ।

    युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी सोमबार नेपाल ल्याइएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ।



    त्यसपछि मंगलबार दिउँसो नै समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम रहेको क्यानले जनाएको छ ।



    नेपालमा टी-२० विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको थियो । ट्रफी नेपालबाट सिंगापुर लगिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार