Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिने

    गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 729
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज (बिहीबार) देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

    नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन्।



    केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखेएको उनले जानकारी दिए।



    घाँटीको क्यान्सरबाट पीडित स्व. गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो। भदौ ५ गते उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार