Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युक्रेनमा शान्तिको कामना गर्दै वौद्धनाथमा ५ देशका राजदूतद्वारा दीप प्रज्वलन

    युक्रेनमा शान्तिको कामना गर्दै वौद्धनाथमा ५ देशका राजदूतद्वारा दीप प्रज्वलन

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा युक्रेनमा शान्तिको कामना गर्दै नेपालमा दीप प्रज्वलन गरिएको छ ।

    नेपालस्थित संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको वौद्धनाथमा दीप प्रज्वलन गरेका हुन् ।



    बिहीबार साँझ वौद्धनाथमा गरिएको दीप प्रज्वलनमा अमेरिका, जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड र फिनल्याण्डका राजदूतहरुको उपस्थिति रहेको थियो ।



    नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले युक्रेनको समर्थनमा आज साँझ बौद्ध स्तूपमा दीप प्रज्ज्वलन गर्दा केही युक्रेनी नागरिक पनि सहभागी थिए । उनीहरुले शान्तिको कामनासमेत गरेका छन् ।

    विगत ८ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार