Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सार्वजनिक कार्यक्रममै माओवादी अध्यक्ष प्रचण्ड र जनार्दनबीच घोचपेच

    सार्वजनिक कार्यक्रममै माओवादी अध्यक्ष प्रचण्ड र जनार्दनबीच घोचपेच

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 861
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ ।

    बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।



    अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोजेपछि उपमहासचिव शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोलेका थिए ।



    सम्बोधनका क्रममा जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्ने बताए । तर प्रचण्डले भने जनार्दन शर्मालाई आफैँले हुर्काएको र रक्षा गरेको बताउका थिए ।

    कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार