Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीलङ्कामा ३७ जना राज्यमन्त्रीद्वारा शपथ ग्रहण

    श्रीलङ्कामा ३७ जना राज्यमन्त्रीद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

    राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।



    नयाँ मन्त्रीपरिषद्‍मा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन् ।



    उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

    सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि त्यहाँको जनजीवन नै प्रभावित बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार