Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्तेष्टिमा सहभागी हुने

    स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्तेष्टिमा सहभागी हुने

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 762
    SHARES

    एजेन्सी । स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।

    जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् ।



    अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्वराजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेर अबुधाबीमा बस्न थालेका थिए ।



    अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो । जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दैै आएका छन् ।

    महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार