Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • निवासमै हत्या गरिएको अवस्थामा वृद्धा महिलाको शव भेटियो

    निवासमै हत्या गरिएको अवस्थामा वृद्धा महिलाको शव भेटियो

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 906
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० मा एक जना वृद्धाको हत्या भएको छ ।

    घरमा एक्लै बस्दै आएकी ६५ वर्षीया वृद्धा पूर्णीमाया राईको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।



    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति ती वृद्धाको हत्या भएको जस्तो देखिन्छ ।



    उनलाई घाइते बनाएर हत्या गरेको हुनसक्ने सुनसरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

    एसपी ढकालले विस्तृत अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताए । उनको हत्या लुटेरा समूहले गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार