Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यादीमा भर्ना हुन काठमाडौंमा पहिलो दिन ६८३ जनाले दिए आवेदन

    म्यादीमा भर्ना हुन काठमाडौंमा पहिलो दिन ६८३ जनाले दिए आवेदन

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा काठमाडौंमा पहिलो दिन ६८३ जनाले आवेदन दिएका छन् ।

    बिहीबारदेखि म्यादी प्रहरीको आवेदन खुला भएको हो । जसमध्ये काठमाडौंमा मात्रै ६८३ जनाले आवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    यसमध्ये २३८ जना महिला र ४४५ जना पुरूष छन्। जसमा पहिल्यै म्यादी प्रहरीमा भर्ना भएका १२७ जना महिला र २०३ पुरूषले पनि आवेदन दिएका छन् । इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् ।​



    म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्नेछन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार