Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड भन्छन् – नेपालमा युद्धले शान्ति ल्याएको हो, शान्तिप्रति कटिवद्ध छौ

    प्रचण्ड भन्छन् – नेपालमा युद्धले शान्ति ल्याएको हो, शान्तिप्रति कटिवद्ध छौ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा युद्धले शान्ति ल्याएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताए । उनले आफूहरू शान्तिप्रति कटिवद्ध रहेको समेत बताएका छन् ।



    आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको उनले बताए । उनले अहिले पनि नेकपा माओवादी केन्द्रमा मानवता, लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताए । उनले शान्तिप्रतिको लगाव र निष्ठाकै शान्तिप्रक्रियाको सम्झौता सम्भव भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार