Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ७६ जिल्लामा फैलियो डेंगु, बिरामीको संख्या २४ हजार नाघ्यो

    ७६ जिल्लामा फैलियो डेंगु, बिरामीको संख्या २४ हजार नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 759
    SHARES

    काठमाडौँ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गते यता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन्।



    डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् ।

    यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

    डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले नै आरोप लगाएका छन् ।

    हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

    नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार